नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको हो । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।

बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।

जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालयसहित सबै कार्यालायको पुन निर्माणको छलफल बैठकमा हुनेछ । बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपत्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्