कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ ।

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो । हिजो २९ गते एक दिन विश्राम लिएर आजबाट बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेस नेताहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्