एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असोज । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा शुरु हुँदै छ ।

बैठक चल्ने तीन दिनसम्मएमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमले आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए।

‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक छ। प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको छैन। शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन्’ उनले भने।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्