जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असोज। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा सुरु भएको छ । जेनजी प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोड गरिएकाले सेवा प्रभावित भएको थियो ।

रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई सिफ्टमा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजाले जानकारी दिए ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा सञ्चालन हुने उनले जानकारी दिए । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्