तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २७ । तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन् ।

भक्तपुरको पोर्टरी स्क्वायर स्क्वाएरमा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदाय तिहारमा माटोका पाला लगाएतका भाँडा बनाउन व्यस्त रहेका हुन् । तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको स्थानीय बिनोद कुमार प्रजापतिले बताउनुभयो । उहाले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्नुभयो । भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन धादिङ, नुवाकोट, पोखरा लगाएतका स्थानबाट लिन आउने गरेको प्रजापतिले बताउनुभयो ।

अहिले बजारमा प्लाष्टिकका दियोहरु आएपनि माटोको पालाको मागमा भने कुनै कमि नआएको उहाको भनाइ छ । पहिलेको बर्षका तुलनामा यस बर्ष माटोको पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरुले जनाएका छन् । भक्तपुरका स्थानीय प्रजापतिले अन्य समयमा पनि गमला, खुत्रुके लगाएत माटोका सामानहरु बनाउदै बिक्रिबितरण गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्