पुर्व सभामुख महरा पक्राउ पर्नुको कारण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २६ । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन्। उनलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरी नियन्त्रणमा लिएको हो।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेशमा ल्याएका ७३ वटा बट्टामा रहेका ७३० थान भेप छुटाएका उनी पक्राउ परेका हुन्।

उक्त भेपमा सुन लुकाएर ल्याइएको थियो। तत्कालीन मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो।

तस्करीको सुन छुटाउन महराले भन्सारमा दबाब दिएको आरोप छ। यसअघि पक्राउ परेर कारागार चलान भएका उनी रिहा भएका थिए।  यो प्रकरणमा उनका छोरा राहलु महरा प्रहरी नियन्त्रणमा छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्