काठमाण्डौं, २६ असोज । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थीत अध्यक्ष केपी ओलीको निवासमा जारी छ ।
बैठकले महाधिवेशन आयोजनाका लागि मिति सहितको प्रस्ताव तयार पार्ने नेताहरुले जनाएका छन् । महाधिवेशनको प्रस्तावलाई प्रस्तुत गर्न सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्ने एमालेको तयारी छ ।
त्यसैगरि बैठकले मुलुकको राजनीतिक घटनाक्रममा बिषयमा आवश्यक निर्णय गर्ने बुझिएको छ ।
जेनजी आन्दोलनपछि नेकपा एमालेभित्र पनि नेतृत्वको बहस चलिरहेको छ । केहि नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् भने केहिले अहिले ओलीको नेतृत्वमा नै पार्टीलाई महाधिवेशनतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।











