काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दैछ। पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेता सम्मिलित कार्य सम्पादन समितिको बैठक आज पनि बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। आज केन्द्रीय समिति बैठक सुरु हुने भनिए पनि कार्यसम्पादन समितिका सदस्यहरुले बोल्न बाँकी रहेकाले केन्द्रीय समिति २ दिनलाई पछि सारिएको छ।











