काठमाडौँ ।हाल देशका विभिन्न भागमा पश्चिमी वायु, मनसुनी प्रणाली र स्थानीय वायुले आंशिक प्रभाव देखाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुले प्रभाव जमाएको छ भने अन्य क्षेत्रहरूमा कमजोर मनसुनी वायु तथा स्थानीय वायुको असर देखिएको छ। यसको असरस्वरूप पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अधिकांश तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागहरूमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना कायमै रहेको छ।











