इलाम विपद् संकटग्रस्त जिल्ला घोषणा

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, असोज २३ । सरकारले इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हाे।

बैठकले इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

गत असोज १८ र १८ गतेको बाढीपहिरोबाट इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको थियो। बाढीपहिरोमा परि मात्रै ३९ जनाको मृत्यु भएको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्