मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन मेलम्ची खानेपानी विकास समितिले आग्रह गरेका छ ।

एक सूचनामार्फत समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सुरु भएकाले पानीको बहाव घटबढ हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

सुरुङ प्रवेश मार्गबाट जुनसुकै समयमा पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह  गरेको समितिले जनाएको छ । यस्तै उक्त स्थानहरूमा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन समेत सूचित गरिएको छ ।

सरकारले पुसमै मेलम्चीकाे पानी काठमाडाैंवासीलाई खुवाउने घाेषणा गरेकाे थियाे । साेहीअनुसार मेलम्ची सुरुङमा पानी छाडिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्