हमासको नियन्त्रणमा रहेका विपीन जोशीको दुई वर्षअघिको भिडियो सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २३ असोज । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपीन जोशीको भिडियो सार्वजक भएको छ । सार्वजनिक भएको भिडियो भने झन्डै दुई वर्षअघिको हो ।
हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो ।

इजरायलको रक्षा बलले बरामद गरी विपीनको परिवारलाई उपलब्ध गराएको भिडिओ अपहरणमा परेको एक महिनापछि खिचिएको विश्वास गरिएको छ । हिजो बेलुकी सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपीनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्