इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआलाई लक्षित गरी हत्या प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। हत्या प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका ऊर्जामन्त्री इनेस मान्जानोले बताएकी छन् ।
ऊर्जामन्त्री मान्जानोका अनुसार पूर्वाधार परियोजनाहरूको घोषणा गर्न काना प्रा प्रान्ततर्फ जाँदै गर्दा नोबोआको कारलाई करिब ५०० जनाको समूहले घेरेर ढुङ्गामुढा गरेका थिए। मन्त्रीले पछि कारमा गोली लागेको सङ्केत देखिएको तर राष्ट्रपति भने सुरक्षित रहेको बताइन्।
प्रेसिडेन्सीद्वारा जारी भिडियोमा सयौँ मानिसहरूले गाडीको कारकेड नजिक आउँदा ढुङ्गा प्रहार गरेको देखिन्छ। यस क्रममा केही गाडीका झ्यालहरू फुटेका छन्।
पक्राउ परेकाहरूलाई आतङ्कवाद र हत्या प्रयासको अभियोग लगाइने अधिकारीहरूले बताएका छन्। मन्त्री मान्जानोले राष्ट्रपतिमाथि गोली चलाउनु र राज्यको सम्पत्तिमा क्षति पुर्याउनु आपराधिक कार्य भएको बताइन्।
राष्ट्रपति कार्यालयले प्रदर्शनमा ‘आतङ्कवादी समूह’ घुसेको दाबी गरेको छ ।












