काठमाण्डौं, २० असोज । भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित एक अस्पतालमा गए राती आगलागी भएको छ । आगलागीम परेर कम्तीमा ८ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार आगलागीमा परी कैयौँ बिरामी र उनीहरुका आफन्त घाइते भएका छन् । पीडितहरुले अस्पतालमा आगलागी हुँदा आगो नियन्त्रणमा लिने कुनै पनि उपकरण नपाएको आरोप लगाएका छन् । पीडितहरूले अस्पतालमा आगलागी शुरु भएपछि डाक्टरसहित अरु कर्मचारी बिरामीलाई अलपत्र पारेर भागेको आरोप लगाएका छन्।
यसैबीच दार्जिलिङमा बाढी पहिरोबाट कम्तीमा १८ जनाको ज्यान गएको छ।












