धरानका मेयर हर्कले दिए दल दर्ताको लागी निवेदन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताको निवेदन दिएका छन् । उनले निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । सोही चुनावलाई लक्षित गरी उनले पार्टी दर्ता गर्न लागेका हुन् । उनको निवेदनमाथि रुजुको प्रक्रियामा रहेको आयोग स्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्