अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुन्छः गृहमन्त्री अर्याल

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दवावमा बन्द गरिएका अनुसन्धानका सवै फाइल खोल्ने बताउनुभएको छ ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को निरिक्षणपछि सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दवावका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउदै सवै फाइल खोल्ने बताउनुभएको हो ।

उहाले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने जिकिर गर्नुभयो । सुशासनका दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरुको म्यान्डेड बिचैमा भंग भएकाले अव सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उहाले बताउनुभयो । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नैपर्ने उहाको भनाइ छ ।

गृहमन्त्री अर्यालले आफ्नो व्यवसायीकता प्रदर्शन गरेर प्रभावकारी रुपमा अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्