काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन वैधानिक प्रक्रियाबाट मात्र सम्भव हुने स्पष्ट पारेकी छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकारको कार्यक्षेत्र संविधान संशोधन गर्ने नभएको प्रस्ट पारेकी हुन्। प्रधानमन्त्री कार्कीका अनुसार, संविधान संशोधन जस्तो गम्भीर विषयवस्तु आगामी निर्वाचनबाट निर्वाचित संसद्ले गर्नेछ।
संविधान संशोधनको माग वैधानिक रूपमै संसद्बाट समाधान गरिनेछ, उनले भनिन्, त्यसका लागि सबै सरोकारवाला विशेष गरी जेनजी पुस्तालाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गर्छु।
उनले राष्ट्र पुनर्निर्माण, राजनीतिक स्थायित्व र दीर्घकालीन समाधानका लागि लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै अघि बढ्न सबैलाई साथ दिन अपील गरेकी छन्।











