नयाँ मतदातालाई मतदाता नामावलीमा नाम दर्ता गर्न करिब डेढ महिनाको समय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । आगामी निर्वाचनलाई ध्यानमा राख्दै नयाँ मतदाताहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न करिब डेढ महिनाको समय पाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघि नै मतदाता नामावली संकलन खुला गर्ने तयारी गरेको हो।

आयोग स्रोतका अनुसार २१ कात्तिकसम्म नामावली संकलन खुला राख्ने प्रस्तावमा छलफल चलिरहेको छ। सम्भवतः भोलि बिहीबार (२५ सेप्टेम्बर) देखि नै नाम दर्ता खुला गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालै राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको अध्यादेशले आयोगलाई मतदाता नामावली संकलन र त्यसको अन्तिम मिति ९कट(अफ० तोक्ने अधिकार दिएको छ।

ूअहिलेसम्मको कानुनले निर्वाचन घोषणा भइसकेपछि नामावली संकलनको व्यवस्था गरेको थिएन,ू प्रवक्ता भट्टराईले भने, ूअब त्यो कानुनी प्रतिबन्ध हटेको छ।ू

अब केही दिनमै अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै निर्वाचन आयोगले औपचारिक सूचना निकाल्ने तयारीमा छ।

आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा बुथ स्थापना गरेर मतदाता नामावली संकलन गर्नेछ। कुनै कार्यालयमा भीड बढेमा अतिरिक्त कर्मचारी परिचालन गरेर व्यवस्थापन गरिने आयोगको भनाइ छ।

यद्यपि, जिल्ला प्रशासन कार्यालयहरूमार्फत नामावली संकलन पहिले जस्तो व्यापक नहुने देखिएको छ, किनभने केही कार्यालय हालसम्म पनि जलेर अवरुद्ध छन्।

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने प्रस्तावबारे नीतिगत छलफल भए पनि, आउँदो २१ फागुनको निर्वाचनमा परिचयपत्र अनिवार्य गर्ने अवस्था नरहेको आयोगले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्