५ सय र १ हजार दरका नोटबन्दी गर्ने चर्चामा सत्यता छैन:अर्थमन्त्री

खबर बुक
  • ख-
  • ख+

अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन ।

बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने बिषयमा कुनै छलफल नै नभएको बताएका हुन ।

भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारे ।

प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्