उद्योगमन्त्री सिन्हाद्धारा पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख+

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाइ उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । त्यस्तै उहाले सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरु मात्रै प्रयोग प्राथमिकता दिने निर्णयका साथै अनलाइन सेवा विस्तारसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

सो क्रममा मन्त्री सिन्हाले निकै भावुक हुँदै जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली दिनुभयो । उहाले शहीदको आहुति खेर जान नदिने प्रतिवद्धता जनाउदै देश र जनताका लागि गम्भीर भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री सिन्हाले वैदेशीक रोजगारीमा गएर फर्केका सीपलाई स्वदेशमा नै उपयोग गर्ने र रोजगारी सिर्जना गर्ने बिषयमा ध्यान दिने बताउनुभयो ।

मन्त्री सिन्हाले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानून मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्