जेनजी आन्दोलनमा भएको घटनाको विधि अनुसार छानविन हुनुपर्छः नेता प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २ भाद्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनमा घुसपैठ गरि ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भएको बताउनुभएको छ ।

बिहीबार जेनजी आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएको काठमाडौंको चाक्सीबारीस्थीति आफ्नै घरको निरिक्षण गर्दै नेता सिंहले इतिहासमा सम्मान गरिने गणेशमानको घर, विपी कोइरालको निवास, कृष्णप्रसाद भट्टराई आश्रम लगाएतका ऐतिहासिक धरोहरमा आगजनी गर्नेहरु जेनजी आन्दोलनकारी नभइ आन्दोलनका नाममा घुसपैठ गर्नेहरु भएको बताउनुभएको हो ।

उहाले उक्त घटनाको विधि अनुसार छानविन हुनुपर्ने माग गर्नुभयो । सिंहले देशव्यापी रुपमा नियोजित रुपमा भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको धारणा राख्नुभयो ।

मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेहरुमाथि नियोजित रुपमा आक्रमण गर्ने दुष्शाहस नगर्न चेतावनी दिदै उहाले सवै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले अहिलेको समयमा जनताको माग बमोजिम नेताहरुले आफ्नो पार्टीलाई अघि बढाउन जरुरी रहेको बताउनुभयो । बाइट………

जेनजी आन्दोलनका क्रममा सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेर निवास र केहि गाडीहरु जलाइएको थियो । ठमेलको चाक्सीबारीस्थित निवास गणेशमान सिंहले बनाउनुभएको हो । आफ्ना बुवाले बनाएको सोही घर मर्मत गरी प्रकाशमान सिंह सोहि घरमा नै बस्दै आउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्