काठमाडौं, २ असोज । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै छ । दिवसको अवसरमा आज भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।
उनी राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा १९९७ सालदेखि नै सक्रिय रहेका थिए ।
१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।











