मन्त्रीहरुद्धारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरिक्षण

खबर बुक
  • ख-
  • ख+

सरकारका मन्त्रीहरुले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरिक्षण गरेका छन् ।
ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्याल बुधबार अपरान्ह सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी समेत लिए । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए ।

उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए । मन्त्री घिसिङले सर्वोच्च अदालतको बनिरहेको नयाँ भवन चार पाँच महिनाभित्र निर्माण सम्पन्न भएकाले त्यहीबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरे।

उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरुको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भवन परिसरमा टेन्ट टाँगेर सेवा दिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्