जेएनजीको बलिदानको सम्मान गरौं: एमाले महासचिव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। 

उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बतए ।  ‘नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ’, उनले लेखेका छन् । 

फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए।  उनले जनतासँगको सम्बन्धलाई अझ जीवन्त र घनिष्ठ बनाउन, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन तथा आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टी पंक्तिको मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ, जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ, आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ’, उनले भने। 

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बन्न र अरूलाई पनि सचेत बनाउनुपर्ने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ, लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ, जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ,’ महासचिव पोखरेलले उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्