कुलमानले  तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३० । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् । त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्