प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु, केही सम्पर्कविहीन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ भदौ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको छ । मंगलबार भएको जेनजीको प्रदर्शनमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।

एक असई र अर्का एक जना को मृत्यु भएको छ ।

बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताए । केही अहिलेसम्म सम्पर्कविहीन रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्