मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैन्ः सभापति देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २१ भाद्र । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे कुनै कुरा नभएको बताएका हुन् । देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गरे ।

देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने बताए । दुई–तिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

यस्तै, सामाजिक सञ्जालसम्बन्धी विवादबारे उनले सरकारले बन्द गर्ने नभई अदालतको निर्णयअनुसार दर्ता मात्र गराउन खोजेको धारणा राखे ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किएको बारे सोधिएको प्रश्नमा सभापति देउबाले संविधानले यस बारे कुनै कुरा नबोलेको बताए । कांग्रेस पार्टीको महाधिवेशनको मिति केन्द्रिय समितिले तोक्ने समयमा नै तोक्ने उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्