सामाजिक सञ्जाल बन्द हुने शंकर पोखरेलको संकेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १९ भाद्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत दिएका छन् । महासचिव पोखरेलले आज फेसबुकमा लेख्दै दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत दिएका हुन् ।

पोखरेरले फेसबुकमा लेखेका छन्– ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ । ’

सरकारले सूचीकरण लागि दिएको समउसीमा गएराति सकिएको छ । फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी छ ।

सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि अटेर गरेका सामाजिक सञ्जालहरुलाई आजदेखि क्रमशः निष्कृय पार्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सन्जालहरु अब क्रमशः निष्कृय बनाउनेबारे आज निर्णय हुने बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्