सर्लाहीमा खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १६ भाद्र । सर्लाही पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवान रहेको प्रहरीले जनाएको छ।

बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्