रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार आज घोषणा गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार आज आज घोषणा गर्दै छ ।

दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाले जानएको हो ।

उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् । सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता दीपक बोहोराको निधन भएकाले सो स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्