उपसभामुख रानामगरविरुद्ध कांग्रेस र एमालेद्वारा हस्ताक्षर संकलन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वास प्रस्ताव ल्याउन आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका छन्।

मंगलबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा दुई दलले आफ्ना सबै सांसदहरूलाई बोलाई हस्ताक्षर गराएका हुन्। उपसभामुखले पदीय आचरणअनुसार काम नगरेको आरोप लगाउँदै कांग्रेस र एमालेले अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्