आगामी निर्वाचनमा बहुमत ल्याउने गरि एकतबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्छ- सभापति देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि एकतबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार सानेपामा पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । पार्टी एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सकिने उहाले बताउनुभयो । त्यस्तै सभापति देउवाले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्यलाई चिर्नुपर्ने बताउनुभयो । यस्ता भाष्यलाई चिर्दै क्रियाशील हुन आवश्यक रहेको उहाको भनाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले समाजमा देखिएका असन्तुष्टिहरुको समाधान गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । एकथरीले असन्तुष्टिको आगोमा मट्टितेल खनाउने काम गरिरहेको भन्दै उहाले कामबाट असन्तुष्टिको आगोलाई निभाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले कांग्रेसमाथि लगाइएका अनावश्यक आरोपहरुका बारेमा जनतालाई बुझाउनुपर्ने र कांग्रेसभित्रका कमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्