कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्छ- महेश बर्तौला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २० । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको बिशेष समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय गतिविधिमा संलग्न रहने व्यक्तिहरुलाई थप जिम्मेवार बनाउन समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको हो । उहाले समितिको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो भूमिका राम्रोसंग निर्वाह गर्न नसकेकाले त्रुटि देखिएको र छानविन समिति नै गठन गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सवै गम्भीर र जिम्मेवार हुनुपर्ने देखिएको उहाले बताउनुभयो ।

बर्तौलाले सरोकारवाला निकायमा बसेका व्यक्तिले जवाफदेहि ढंगले काम गर्नुपर्छ भन्ने महशुस गराउनुलाई सकारात्मक ढंगले लिनुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्