क्यान्सर उपचारका अत्यावश्यक औषधि हस्तान्तरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असार । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग तथा वान हार्ट वर्ल्डवाइडको समन्वयमा औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

औषधि तथा स्वास्थ्य सामाग्रीहरु गत शुक्रबार नेपाल आईपुगेका थिए र स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन भण्डारण गरेको थियो। औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधी र स्वास्थ्य सामाग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाण्डौलाई हस्तान्तरण गरिएको छ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्