भारतको तेलंगानामा विष्फोट हुँदा ३४ जनाको मृत्यु, २४ बेपत्ता

खबर बुक
  • ख-
  • ख+

भारतको तेलंगानाको पसामिलाराम औद्योगिक क्षेत्रमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ।

तेलंगनाको संगारेड्डी जिल्लाको जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको विस्फोटमा ३४ जनाको भएको जनाएको छ।

ती मध्ये चार जनाको पहिचान भइसकेको र बाँकी ३० जनाको पहिचान गर्ने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विष्फोटमा ३५ जना घाइते भएका भने २४ जना अझै बेपत्ता रहेको जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिइने बताएका छन्।

बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई २ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्