इजरायलबाट आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमबारे वार्ता नहुने इरानको अडान

खबर बुक
  • ख-
  • ख+

इरानले इजरायलबाट भइरहेको आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमका विषयमा वार्ता शुरु नहुने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युरोपेली नेताहरुसँगको भेटमा आक्रमण भइरहेको बेला परमाणु कार्यक्रमसम्बन्धि कुनै वार्ता शुरु हुन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानी विदेशमन्त्री अब्बासले गएराति जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गर्नुभएको हो । भेटमा युरोपेली नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए ।

इरान र इजरायलबीच संघर्ष जारी छ । दुबै देशले एक अर्का विरुद्ध मिसायल आक्रमण गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्