इरान र इजरायल तनावः चीनद्वारा इजरायलको निन्दा

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन्। उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका हुन् ।

यसले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरे।

उनले आणविक अप्रसार सन्धि ९एनपीटी० मा हस्ताक्षरकर्ताको रूपमा इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्ने अधिकारको पूर्ण सम्मान गरिनुपर्ने बताए। चीन र इरान घनिष्ठ साझेदार हुन्, विशेष गरी ऊर्जा र विकास परियोजनाहरूमा।

गत मार्चमा चीनले इरान र रुसका उपविदेशमन्त्रीहरूलाई बेइजिङमा आमन्त्रित गरेको थियो । जहाँ उनीहरूले इरानको आणविक मुद्दामा छलफल गरे र यसमा लगाइएका प्रतिबन्धहरू हटाउन माग गरे।

अमेरिकी ब्यूरो अधिकारी म्याककोय पिटले इरानमाथि आक्रमण गर्नुअघि इजरायलले अमेरिकालाई यसबारे जानकारी गराएको बताएका छन् । इजरायलले अमेरिकालाई यो कारबाही आफ्नो आत्मरक्षाको लागि आवश्यक रहेको भनेर बताएको उनको भनाई थियो।

‘यी आक्रमणहरूको बारेमा संयुक्त राज्य अमेरिकालाई पहिले नै जानकारी गराइएको थियो, तर यी अमेरिकाको कुनै सैन्य संलग्नता छैन,’ पिटले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता अमेरिकी नागरिक, कर्मचारी र सैन्य कर्मचारीहरूको सुरक्षा हो।’

यदि इरानले अमेरिकी जनता वा स्रोतसाधनमाथि आक्रमण गर्‍यो भने गम्भीर परिणाम भोग्नुपर्ने पिटले चेतावनी पनि दिए। उनले इरान वार्ताको लागि तयार होस् र यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने अमेरिकाले चाहेको स्पष्ट पारे। पिटले भने, ‘इरानका नेताहरूले वार्ताको सहारा लिने यो सही समय हो।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्