अस्ट्रियाको विद्यालयमा गोलाबारी, ११ को मृत्यु

खबर बुक
  • ख-
  • ख+

अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डमा एघार जनाको मृत्यु भएको छ । यसलाई देशको अहिलेसम्मकै सबैभन्दा ठुलो गोलाबारी घटनाको रूपमा वर्णन गरिएको छ । यस घटनाका कारण अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ । पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिनेछ ।

ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो, बन्दुकधारीले स्कुलको शौचालयमा आफैलाई गोली हानेर आत्महत्या गरे । जसका कारण यस घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बन्दुकधारी विद्यालयको पूर्व विद्यार्थी भएको प्रहरीले बताएको छ । उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेका थिए ।

‘यस आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केही गम्भीर घाइते छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्