काठमाडौं, १५ चैत । सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ ।
समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।












