काठमाण्डौ महानगरपालिकाले एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, १५ चैत । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले आज हुने भनिएका विभिन्न आन्दोलन र प्रदर्शनलाई मध्यनजर गरेर यस्तो निर्णय गरेको जनाएको छ ।

एसईई दिएर गन्तव्यमा पुग्न समस्यामा परेका विद्यार्थीले हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै नायब प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६ (वानेश्वर), नायब प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेको सम्पर्क नम्बर ९८५१०९३१७६ (रत्नपार्क), नायब प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टको सम्पर्क नम्बर ९८५१२३३६३३ (नयाँ बसपार्क) र नायब प्रहरी उपरीक्षक प्रकाश पण्डितको सम्पर्क नम्बर ९८५१०५६३४६ ( टेकु) मा फोन गर्न सकिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्