राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

खबर बुक
  • ख-
  • ख+

१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।

खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए ।

 

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिंदै बधाईसहित शुभकामनासमेत दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्