
काठमाडौं, असाेज ९ । सारथि म्युजिक भन्ने बित्तिकै तपाईंले धेरै नेपाली लोक दोहोरी गीत लाई सम्झनु हुन्छ।कुनै समय अडियोले बजार तताउदा कम्पनी को राम्रो ब्यापार थियो तर आज डिजिटल बजार सगै कम्पनीको माग घट्दो छ।भरखरै मात्र नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक भएको छ।
सो गीतमा नेपाली लोक सङ्गीतका चर्चित गायक बद्री पङ्गेनी र गायिका रचना रिमालको आवाज सुन्न पाइन्छ। यो सुमधुर लोक दोहोरी गीतका सर्जक हुन प्रसिद्ध गीतकार र सङ्गीतकार कस्तुप पन्त। धोका दिनेलाई के भनौ र खै तिमी हाँस भो मै बसुला रोई’गङाजी को पानी ,बिर्सियौकी कुन्नी ,मायाले मन छुन्छ,फुलको थुङामा ,आसु झरिरहे,एकोहोरो हुँदै थिए म,डालिको फुल,समाजको बन्धन लाई तोड्नु हुन्न सानुजस्ता बहुचर्चित गीतहरु नसुन्ने कुनै नेपाली छैनन् होला, लोकप्रिय सर्जक कस्तुप पन्तको सर्बाधिक सफल गीत हरु हुन ।
हुन त यी भन्दा अघिनै चर्चित गीत ‘अङ्गुर अमिलो’बाट आफुलाई नेपाली लोक संगितको बलियो खम्बा हुनभनेर स्थापित गराइसकेका पन्त नेपाली संगीतकाे ईतिहास लेख्ने लक्ष्यमा दौडिरहेका छ्न ।नेपाली लोक सङीतमा आदर्श पात्र जस्ता उपनाम पाइस्केका पन्त नेपाली लोक सङीत् का सदाबाहर सर्जक हुन। नेपाली सुगम सङीतमा समेत आफ्नो बलियो पकड बनाउन सफल सर्जक पन्तले सुगम संगितमा समेत आफ्नो बर्चस्व कायम गरेका छन् ।
नेपाली लोक दोहोरी को आकास मा केहि दिन अगाडि मात्र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक भएकाे छ । जसमा कस्तुप पन्तको शब्द तथा संगीत तथा एचबिएन किस्मतको एरेन्ज रहेको छ । मनमाेहक दृश्य समावेश गरिएकाे म्युजिक भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय हेर्न पाइन्छ ।
त्यस्तै, प्रशान्त मगरको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको छायांकन भने दिनेश पराजुलीले गरेका छन् । दीपक विष्टले सम्पादन गरेका यस म्युजिक भिडियो कस्तुपकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे यो गीत लोकलयका शब्द र परम्परागत नेपाली लोक सङ्गीतको मिठासले भरिएको छ।
गीतको सङ्गीत संयोजन, मिक्सिङ, र मास्टरिङ एचबीएन किस्मतले गरेका छन्।