काठमाडौंका मेयरद्वारा गोकर्णेश्वरले प्रयोगमा ल्याएको फोहोर जलाउने मेसिन अवलोकन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसहित उपत्यकाका नगरप्रमुखहरुले गोकर्णेश्वर नगरपालिकाले प्रयोगमा ल्याएको फोहोर जलाउने मेसिन (इन्सिनिएटर) अवलोकन गरेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साह, कागेस्वरी मनोहराका मेयर उपेन्द्र कार्की ,ललितपुर उप महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जन ,ठिमी नगरपालिकाका सुरेन्द्र श्रेष्ठ,दक्षिणकाली नगरपालिका मोहन बस्नेत लगायतले गोकर्णेश्वर नगरपालिकाले प्रयोगमा ल्याएको मेसिनको स्थलगत अवलोकन गर्नुभएको हो ।

उहाँहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र उपमेयर सान्नानी लामाले स्वागत गर्नुभएको थियो । सो अवसरमा गोकर्णेश्वर नगरपालिका वडा न ५ का अध्यक्ष नारायण सुवेदी र कामपा ६ का अध्यक्ष भुवन लामाको पनि उपस्थिति रहेको थियो ।

काठमाडौ उपत्यकामा फोहोर व्यवस्थानको विषय पेचिलो बनिरहेको बेला उपर्युक्त समाधान खोज्ने क्रममा नगर प्रमुखहरुले फोहोर जलाउने मेसिन (इन्सिनिएटर) को अवलोकन गरेका हुन् । सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालले मेशिनबारे जानकारी गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्