एसिया कप क्रिकेटमा आज एक खेल हुँदै

खबर बुक
  • ख-
  • ख+

युएईमा जारी एसिया कप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

बिहीबार हुने खेलमा समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा हुनेछ ।

दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण रहेको छ । यस खेल जित्ने टोलीले सुपर चारका स्थान पक्का गर्ने छन् ।

यस समूहबाट अफगानिस्तान सुपर चारमा पुगिसकेको छ । अघिल्लो खेलमा दुबै टोलीले अफगानिस्तानसँग हार व्यहोरेको थियो।

पछिल्लो पाँच भेटमा श्रीलंका ३ पटक तथा बंगलादेश २ पटक विजयी भएका छन् । अन्तिम भेटमा श्रीलंका ५ विकेटले विजयी भएको थियो ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ए मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।

समूह बी मा अफगानिस्तान,बंगलादेश तथा श्रीलंका रहेका छन् । टी ट्वान्टी फर्म्याटमा जारी प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् ।

सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्