पर्यटकलाई सहज हुने गरि पर्यटन क्षेत्रको बिकास हुनुपर्ने अध्यक्ष नेपालको भनाई

खबर बुक
  • ख-
  • ख+

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकलाई सहज हुने गरि पर्यटन क्षेत्रको बिकास हुनुपर्ने बताउनुभएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको पूर्वाधार समयमा नै सम्पन्न हुन नसक्दा यस क्षेत्रमा नै समस्या हुने भएकाले बिशेष ध्यान दिनुपर्ने बताउनुभएको हो । नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गरे धेरै भन्दा धेरै पर्यटक आउने उहाले बताउनुभयो । अध्यक्ष नेपालले नेपालमा थप अन्तराष्ट्रिय बिमानस्थलहरु निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले १२ महिना पर्यटन भित्र्याउन पहल गर्न सरकारले आवश्यक योजना बनाइरहेको बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्