सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ , साउन २३ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्