बैंक र ईसेवा कर्मचारी भन्दै ठगी गर्ने दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी भएको भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई प्रहरीलाई पक्राउ गरेको छ। रौतहट माधवनारायण नगरपालिका-२ घर भई हाल काठमाडौंको कोटेश्वर वस्ने २१ वर्षीय शुभम साह र रौतहटको गौर नगरपालिका-३ घर भई कोटेश्वर नै वस्ने २३ वर्षीय सत्यमकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता एपबाट ईसेवा वालेटलगायत विभिन्न व्यक्तिको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। उनीहरू विरुद्ध २२ जनाले उजुरी दिएको प्रहरीको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्