सबैभन्दा बढी सुरक्षित मानिएकाे जेट इन्जिन जहाज पहिलो पटक दूर्घटना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। सबैभन्दा सुरक्षित मानिएको जेट इन्जिन जहाज पहिलो पटक दूर्घटना भएको हो। नेपाल नागरिक उड्डयान प्राधिकरणका अनुसार अहिलेसम्म जेट इन्जिन जहाज दूर्घटना भएको थिएन।

तुलनात्मक रुपमा अन्य जहाजभन्दा जेटलाई बढि सुरक्षित मानिन्छ। सौर्यको सिआरजे जहाजको उडान अवधि सकिन लागेपछि सि चेकका लागि पोखरा जान लागेको थियो। सौर्यले उक्त जहाज ८ वर्ष अघि ल्याएको थियो। 

९ वर्षदेखि नेपाली अकासमा सीआरजे जहाजमार्फत सौर्य एयरलाइन्सले उडान गर्दै आएको छ। नेपालमा पहिलो पटक सीआरजे जहाजमार्फत उडान गरेको सौर्यले सुरुमा धेरै गन्तव्यमा उडान गरे पनि अहिले दुई वटामा सीमित भएको छ। सुरक्षा, सजहजता र नेपालको भौगोलिक दृष्टिले उत्कृष्ट मानिने सौर्य एयरलाइन्स सबैको रोजाइमा पर्दै आएको छ।

मौसममा बेलाबेला आउने परिवर्तनका कारण हवाई उडानमा रहँदा धेरै जहाज हल्लिने समस्याका कारण यात्रु डराइरहेको अवस्थामा सीआरजे जहाजमा भने त्यो खाले समस्या हुने गर्दैन थियाे। 

नेपालको सन्दर्भमा आन्तरिक उडानमा रहेका जहाजमा जेट र टर्बो इन्जिनयुक्त जहाज सञ्चालनमा छन्। सौर्य एयरलाइन्सले नेपालमा पहिलो पटक सीआरजे २०० जहाजमार्फत उडान गरेको हो। सीआरजे जहाजमा जेट इन्जिन भएकााले अन्य विमानको तुलनामा उपयुक्त मानिन्छ। डाँडाकाँडाको बीचमा उडाउनुपर्ने, धेरै उचाइमा पुग्ने जहाज सीआरजे भएकाले पाइलट र यात्रुलाई धेरै सहज हुन्छ। सीआरजेमा रहेका इन्जिन धेरै शक्तिशाली भएकाले उचाइ लिनलाई निकै सहज हुन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्