लुम्बिनी एमालेमा असन्तुष्टि, संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

खबर बुक
  • ख-
  • ख+

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिएका हुन् ।

गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहेका थिए । गिरिले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको भन्दै पार्टी राजीनामा दिएको बताएका छन् । 

कांग्रेसको सहयोगमा मुख्यमन्त्री बनेका संसदीय दलका उपनेता आचार्यले आजै शपथ लिएर ९ सदस्यीय मन्त्रिमण्डल गठन समेत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्