निर्माण व्यवसायीलाई समयमै सम्पन्न गर्ने गरि काम गर्न मन्त्री सिंहको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ८ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताउनु भयकोछ। आज नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताउनु भएको हो।

सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै अब लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनु भयकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्